एकैदिन थपिए ११४ जना कोरोना संक्रमित, कुल संख्या ८८६ जना

काठमाडौं । बुधबार एकैदिन थप ११४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थप ११४ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ८८६ जना पुगेको छ भने १८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट चार जनाको मृत्यु भएको छ । एकैदिन पछिल्लो पटक बुधबार अपरान्ह ११४ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया