डाक्टरका दुई समूहबीच कुटाकुट

काठमाडौं । मंगलबार डाक्टरका दुई समूहबीच कुटाकुट भएको छ । वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको हो ।डाक्टरका दुई समूहबीच सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको उक्त विवादमा कुटाकुट भएको स्रोतले जनाएको छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात कुटाकुट भएको बताइएको छ । नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए ।

सो विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका छन् ।
सो घटनाबारे नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया