सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण

काठमाडौँ । सुर्खेत जिल्लामा थप १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।

प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् । यसमध्ये ११ जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन्।

प्रतिक्रिया