गुल्मीका कोरोना संक्रमितको मृत्यु, मृतक संख्या तीनजना पुग्यो

काठमाडौं । गुल्मीका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । उनिसँगै नेपालमा कोरोना भाइरस संक्रमणकाट मृत्यु हुनेको संख्या तीनजना पुगेको छ । ती गुल्मीका कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए । तर, सरकार र अस्पतालले भने यो समाचार तयार पार्दासम्म आधिकारिक घोषणा गरिसकेको छैन ।

राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले यसबारे औपचारिक पुष्टि गर्न भने बाँकी रहेको छ ।  गत सोमबार कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । गुल्मी जिल्लाको मदाने गाउँपालिका पुर्कोट घर भएका उनलाई गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो ।  नेपालमा यसअघि पनि एक महिला र एक पुरुष गरीदुईजनाको कोरोनाबाट मृत्यु भएसकेको छ । जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक रहेका छन् ।

प्रतिक्रिया