बाजुरामा थप दुईजना कालाजारका बिरामी भेटिए

बाजुरा । बाजुरामा थप २ जना कालाजारका बिरामी भेटिएका छन् । जगन्नाथ गाँउपालिका २ की २० महिनाकी बिपना नाथ र बुढिनन्दा नगरपालिका ३ जैलुका ५४ महिनाका मोहन बोहारालाइ कालाजार देखीको बुढीन्नदा नगरपालिका स्वास्थ्य उप संयोजक ओमजंग शाहिले बताए ।

दुवै जना बिरामीलाई प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ । केही दिन पहिला मात्र २ जनामा कालाजार भेटिएको थियो । यसअघि स्वामिकार्तिक खापर गाँउपालिका २ साप्पाटाका १४ महिनाका योगेस न्यौपानेमा र जगन्नाथ गाँउपालिका ५ का १७ महिनाका देबेन्द्र बुढामा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा कालाजार देखा परेको थियो ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार छैन् । कालाजारको उपचार गर्न धनगढी, नेपालगञ्ज, सुर्खेत लिनु पर्ने डा. राजुराज जैशीले बताए । यो कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ ।

यो रोग भुसिनाको टोकाइबाट हुने र संक्रमित व्यक्तिलाई टोकेको भुसुनाले अन्य ब्यक्तिलाई टोकेमा यो रोग सर्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन । यो रोगको लक्षण ज्वरो आउने, तौल घटने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया