हिमाली गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण

बाजुरा । हिमाली गाउँपालिका– ६ मा जीवन सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरिएको छ । हाल विश्वभरी फैलिएको कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्ने भन्दैे हिमाली गाउँपालिका–ं ६ मा मास्क वितरण गरिएको हो ।

जिल्ला बाहिरबाट गाउँघरमा भित्रिने स्थानियमा कोरोनाको आशंका हुन सक्ने भन्दै सर्तकता अपनाउनका लागि वडाभित्रका ११ सय घरधुरीको प्रत्येक घरदैलोमा पुगि मास्क वितरण गरिएका वडाध्यक्ष सुरेन्द्र बहादुर मल्लले जानकारी दिए । उनका अनुसार वडा न. ६ का धुलाचौर वजार, बोल्डीक, धिम, पाडी र कापु लगायतका टोलका स्थानियलाई ३ हजार ४ सय ७५ थान मास्क वितरण गरीएको हो ।

हिमाली गाउँपालिकाका उपाध्यक्ष चन्द्रादेवी बुढा, कार्यापालिका सदस्य सपुरा रावत, वडा सदस्य धर्मऋषी पाण्डे, गोरख रोकाया, बुची सार्की, वडा कर्मचारी जयप्रसाद पाण्डे, नवराज पाण्डे, कर्णजित सार्की, कर्ण रावल, अजरुप रोकाया, लोकराज उपाध्याय र काँशीचन्द्र रोकाया लगायतका व्यक्तिहरुको सहयोगमा मास्क वितरण गरिएको हो ।

प्रतिक्रिया