आरडीटी पोजेटिभ भएका ११ जनाको पीसीआर रिर्पोट नेगेटिभ

प्युठान । आरडीटी पोजेटिभ आएका ११ जना व्यक्तिको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । प्युठान नगरपालिकाका बुढादेवी, धगे र गुरीगाउँको क्वारेन्टाइनमा रहेका आठ पुरुष र तीन महिलामा आरडीटी पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको थियो ।

क्वारेन्टाइनमा रहेका २८ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षणको लागि पठाइएकोमा बिहीवार १७ जना नेगेटिभ आएको थियो । त्यस्तै रिपोर्ट आउन बाकी ११ जनाको शुक्रवार मात्र पीसीआर रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

जिल्लामा हालसम्म ९९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आठ जनाको बुधवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको स्वाब परिक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । जिल्लामा आरडीटी रिपोर्ट पोजेटिभ देखिएका १३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया