कोरोना संक्रमित महिलाका श्रीमानको रिपोर्ट नेगेटिभ

धादिङ । धादिङको गल्छि गाउँपालिका ८ गोगनपानी कटुवालपौवाकी कोरोना सँक्रमित महिलाको श्रीमानलाई कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।

श्रीमान् श्रीमती दुबैले एकैपटक कोरोना जाँच गराएको भए पनि श्रीमतीको बिहीबार रिर्पोट पोजेटिभ आएको थियो भने श्रीमानको शुक्रबार मात्र रिर्पोट आएको र उक्त रिपोर्ट नेगेटिभ रहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

प्रजिअ तामाङले संक्रमित महिलाको श्रीमानमा कोरोना नेगेटिभ देखिनु नै सुखद पक्ष रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयबाट आजै १ हजार २ सयको संख्यामा आरडीटी प्राप्त भएको र प्रदेशका स्वास्थ्य निर्देशक डब्लुएचओको टिम सहित धादिङमा आएको समेत प्रजिअ तामाङले बताए ।

यता गल्छी गाउँपालिका ८का वडा अध्यक्ष भरत तामाङले पनि आजै स्वास्थ्यकर्मी सहितको टोली उक्त कटुवाल भञ्ज्याङ गाउँ गएर चेकजाँच गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया