प्युठानका ११ जनामा आरडीटीबाट कोरोना पोजेटिभ

प्युठान । जिल्लामा ११ जनाका आरडीटी परीक्षण गर्दा काेराेना पोजेटिभ आएको छ । प्युठान नगरपालिकाको वडा नम्बर ९ र १० मरण्ठानास्थित क्वारेन्टाइनमा बसेका एघार जना व्यक्तिमा आरडीटी पोजेटिभ देखिएको हो ।

विद्या भण्डार आधारभूत विद्यालय घगेमा ४ जना मध्य १ जना पोजेटिभ सृजनशिल तारा इङ्गलिश बोर्डिङ स्कुल बुढादेवीमा १९ जना रहेकोमा ७ जनामा पोजेटिभ र बाल शिक्षा प्राबि गुरीगाउँमा ४ जना मध्य ३ जनामा आरडीटी पोजेटिभ देखिएको हो ।

प्युठान नगरपालिकाले काठमाण्डौबाट उद्धार गरेका व्यक्तिमा आरडीटी पोजेटिभ देखिएको हो । नगरपालिकाले गाडी रिर्जभ गरि ल्याएकामध्ये मरन्ठानाका विभिन्न क्वारेन्टाइनमा बसेका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । आठ जना पुरुष र तीन जना महिलामा आरडीटी पोजेटिभ देखिएको प्युठान नगरपालिकाको स्वास्थ्य शाखाका दधिराम सुवेदीले जानकारी दिए ।

उनीहरुको उमेर २१ देखि ३८ वर्ष उमेर समुहका रहेका छन् । उनीहरु मध्ये एक जना लमजुङबाट र बाँकी काठमाण्डौबाट आएका व्यक्ति हुन् । आरडीटी पोजेटिभ देखिएकाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरि भैरहवा पठाउने तयारी गरिएको छ । यसअघि प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलमा रहेका दुई जनामा आरडीटी पोजेटिभ देखिएपनि पीसीआरको रिर्पोट नेगेटिभ आएको थियो ।

आज मात्रै तीन क्वारेन्टाइनमा रहेका २७ जना र २ जना होम क्वारेन्टाइनमा रहेका गरि २९ जनाको आरडीटी परीक्षण गरिएको थियो । त्यस्तै मल्लरानी १ सोलहाल्ना स्थित जनता माबीको क्वारेन्टाइनमा १२ जना रहेकोमा सबैको आरडीटी परीक्षण नेगेटिभ आएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया