प्युठानमा आरडीटी टेष्टबाट दुईजनामा कोरोना पोजेटिभ

प्युठान । जिल्लामा दुई जनामा र्यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु दुवैजना काठमाडौं र म्याग्दीबाट जिल्ला आएको पाइएको छ । प्युठान नगरपालिका–२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटीबाट पोजेटिभ देखिएको प्युठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताए ।

‘दुई जना पुरुषमा आरडीटीबाट कोरोना पोजेटिभ देखिएको छ, उनले भने, ‘थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टि हुन्छ ।’ उनीहरुको उमेर २० वर्षदेखी ४५ वर्षबीचको रहेको छ । क्वारेन्टाइनमा बसेका उनीहरुलाई शनिबार आरडीटी टेष्ट गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएपछि पुनः उनीहरुलाई झिमरुक खेलमैदान स्थित क्वारेन्टाइनमा छुट्टै राखिएको छ ।

उनीहरुको स्वाब संकलन गरी बुटवल पठाइने र १–२ दिनभित्र नतिजा आउनेछ । आरडीटीमा पोजेटिभ देखिएपनि प्रयोगशालामा नेगेटिभ देखिन सक्छ । पोजेटिभ देखिएका ती व्यक्ति प्यूठान नगरपालिका १ र २ निवासी हुन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया