भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा‍‍. गौतम

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतमलाई नियुक्त गरिएको छ । काठमाडौंमा आज बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उनलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा. गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य डा. अधिकारीले बताए । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । बोर्ड सदस्य डा. अधिकारीका अनुसार उनले आजै शपथग्रहण गरेका छन् ।

प्रतिक्रिया