वीर अस्पतालमा कोरोना परीक्षण बन्द

काठमाडौं । किट सकिएपछि वीर अस्पतालमा कोरोना परीक्षण बन्द भएको छ । आइतबारदेखि कोरोना परीक्षणका लागि चाहिँने किट सकिएपछि परीक्षण बन्द गरिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई ४ सय किट उपलब्ध गराएको थियो । अस्पतालले मन्त्रालयकै अनुरोधमा प्रदेश नम्बर ६ मा दुई सय किट पठाएको डा. सेन्चुरीको भनाइ छ ।

देशका १८ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । वीर अस्पतालमा जस्तै अन्य स्थानमा पनि किट अभावका कारण कोरोना परीक्षण रोकिन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ । हालसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया