झिमरुक नदी किनारमा शिशुको शव फेला

प्युठान । प्युठानको झिमरुक नदि किनारमा शिशुको शव भेटिएको छ । ऐरावती गाउँपालिका– १ माझिदमार गाउँ नजिक झिमरुक नदी किनारमा शिशुको शव भेटिएको हो । नदिसँग जोडिएको कुलाको छेउमा शिशुको शव फेला परेको थियाे ।

शव पानी माथि तैरिरहेको देखेपछि आइतबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शिशु ४–५ दिनको जस्तो देखिने प्रहरी चौकी दाङबाङका प्रहरी इञ्चार्ज जवुलाल जिसीले बताए । घटनाबारे थप अनुसन्धानका लागि जिल्लबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया