लकडाउन प्रकरणः भोलिको बैठकमा निर्णय हुने

काठमाडौं । कोरोना भाइरसका कारण देशमा लागू गरिएको लकडाउन प्रकरणमा भोली अर्थात् आइतबारको मन्त्रिपरिषद बैठकले निर्णय गर्ने भएको छ ।

आज उपप्रधानमन्त्री ईश्वर पोखरेलकाे नेतृत्वमा सरकारलाई आवश्यक सुझाव दिन उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । समितिले दिने सुझाव अनुसार निर्णय लिन आइतबारका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।

कोरोना भाइरस रोकथामाका लागि देशमा लकडाउन गत चैत ११ गतेबाट सुरु गरिएको थियो । पटक पटक लकडाउनको म्याद थप्दै आएकोमा यही वैशाख १५ गते
अवधि सकिँदै छ ।

प्रतिक्रिया