धनगढीका पहिलो कोरोना संक्रमित युवा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । । सुदूरपश्‍चिम धनगढीका पहिलो कोरोना संक्रमित युवा पनि निको भएर अस्पतालबाट घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत ती युवा ३० दिनपछि डिस्चार्ज भएर मंगलबार घर फर्किएका हुन् ।

लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको स्रोतले जनाएको छ । दुबईबाट फर्किएका ती युवामा गत चैत १४ गते कोरोना पुष्टि भएको थियो । उनीसँगै कोरोना संक्रमणपछि निको भएर अस्पतालबाट पाँच जना घर फर्किएका छन् ।

प्रतिक्रिया