सिरहा । सिरहामा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका– ४ का २६ वर्षीय आशिष साह र सोही नगरपालिका– १२ का विनोद मण्डल रहेका छ्न् ।
सिरहा नगरपालिका– १७ खैरटोका माडरस्थित इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज २ प ७१४४ नम्बरकाे मोटरसाइकल चेकजाँच गर्दा साे लागूऔषध फेला परेकाे प्रहरीले जनाएकाे छ ।
मोटरसाइकल चालक सिरहा गोलबजार नगरपालिका– ४ बस्ने आशिष साह र मोटरसाइकल पछाडि सवार विनोद मण्डल हाल हिरासतमै छन् । ्
प्रतिक्रिया