कोरोना संक्रमीतसँगै आएका प्यूठानका सबैको रिपोर्ट नेगेटिभ

प्यूठान । कोरोना संक्रमीतसँगै गौरीफन्टा कैलाली हुँदै प्यूठान आएका तीन जना यूवाहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूसहित केही दिनअघि दुबईबाट आएका दुई जना गरी पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

मल्लरानी गाउँपालिका– १ चुँजा, ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिका ४ उदपुरकोट,गरी तीन जना यूवाको स्वाब परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो ।

त्यस्तै, पहिलेनै भारतबाट आएका ऐरावतीका एक जना यूवाको रिपोर्ट नेगेटिभ आएको थियो । अहिलेसम्म प्यूठानबाट ६ जना व्यक्तिको कोरोना परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया