कोरोना रोकथाम गर्न पाँचखालमा औषधी छर्कियो

काभ्रे । काभ्रे जिल्लाकाे पाँचखाल नगरपालिकाले कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि डिसइन्फेक्टेन्ट स्प्रे छर्केको छ । नगरभित्र रहेका प्रत्येक वडाको मानिसहरू जमघट हुने पाँचखाल नगरपालिका, अरनिको राजमार्गको बजार एरियाबाट स्प्रे छर्किन सुरु गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिए ।

नगर प्रमुख महेश खरेल, प्रमुख प्रशसकीय अधिकृत लोकबहादुर भण्डारी, वडा अध्यक्षहररू सन्जय तामाङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, समाजसेवी कुमार लामिछाने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वास्थ्य प्रमुख उज्वल अधिकारी, नगरपालिका कर्मचारी, सशस्त्र प्रहरी पाँचखाललगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सशस्त्र प्रहरी कार्यालय पाँचखालको विशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया