रोनाल्डिन्होले जेलमै मनाए जन्मदिन

पराग्वे । ब्राजिलका पूर्वस्टार रोनाल्डिन्होले आफ्नो ४०औँ जन्मदिन जेलमै मनाएका छन् । रोनाल्डिन्होले २१ मार्चमा पर्ने आफ्नो जन्मदिन पाराग्वेको जेलमा मनाएका हुन् ।

पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरी जेलमा राखिएको छ । उनी १० दिनअघि नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पक्राउ परेका थिए ।

उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट पक्राउ गरिएको थियो । रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका पनि तय भएको थियो ।

रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन । उनी अझै केही समय जेलमा बस्नु पर्ने बताइएको छ । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो ।

प्रतिक्रिया