सोनम क्वारेन्टाइनमा

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहुजा क्वारेनटाइनमा बसेका छन् । मंगलबार भारत फर्किसकेपछि सोनमले आफ्नो इन्स्टाग्राममा भिडिओ राख्दै आफू लन्डनबाट फर्केको र दुवै क्वारेन्टाइनमा बस्न लागेको उल्लेख गरेकी छन् ।

उनीहरूले आफूमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि परिवारसँग बस्ने हुँदा क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएका हुन् । ‘सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराउन चाहन्छु ।

हामी दुवैलाई भाइरसको कुनै लक्षण देखिएको छैन’, सोनमले भनिन् ‘हामी धेरै प्रभावित क्षेत्रमा पुगेका छैनौँ तर पनि हामी क्वारेन्टाइनमा बस्न लागेका छौँ किनकि हामी सबै परिवारसँगै बस्छौँ ।’ सोनमले भारत फर्किनुअघि आफूले मास्क लगाएको तस्बिर राखेकी थिइन् ।

प्रतिक्रिया