आर्मीलाई भलिबल उपाधि

चितवन । त्रिभुवन आर्मी क्लबले दोस्रो दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चितवनस्थित माडी नगरपालिका ३ बसन्तपुरमा अर्को विभागीय नेपाल एपिएफ क्लबलाई आइतबार ३–० सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

आर्मीले गत माघमा काठमाडौंमा सम्पन्न पाँचौ आरबीबी एनभिए क्लब च्याम्पियसिपमा भोगेको हारको बदला लिन सफल भएको छ । बसन्तपुरमा भएको खेलमा आर्मीले पहिलो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा २५–२० को जित निकलेको आर्मीले ते्रस्रो सेटमा २५–२२ को सहज जित निकाल्दा एपिएफले कुनै पनि सेटमा आर्मीलाई बलियो चुनौती दिन सकेन । उपाधिसँगै आर्मीले २ लाख रुपैया हात पारेको छ । दोस्रो भएको एपिएफले १ लाख रुपैयामा चित्त बुझायो ।

आइतबारै नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको पुलिसले ५० हजार रुपैयाँ प्राप्त गर्यो । गण्डकीले २५ हजार रुपैया हात पा¥यो । फागुन ७ गते सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया