बलिउड अभिनेता सलमान खानलाई मार्न सुपारी लिने गुण्डा पक्राउ

एजेन्सी । बलिउडका अभिनेता सलमान खानलाई मार्न सुपारी लिने कुख्यात गुण्डा नाइके भुरा भनिने रवि मलिकलाई भारतिय प्रहरीले पक्राउ गरेकोे छ । राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानलाई मार्नको लागि सुपारी लिएका थिए ।

लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थिए । सलमान खान प्रायः सुरक्षा गार्ड विना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए ।

प्रतिक्रिया