खप्तड गोल्डकप शुक्रबारदेखि

काठमाडौं । नेपाल आइस सुदूरपश्चिम अन्तर्रा्ष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबारदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको हो ।
फागुन ९ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको छ भने प्रतियोगिताको उद्घाटन अगाडि ट्राफिक चौराहबाट ¥यालीसमेत निकालिनेछ । उद्घाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया