मन्त्री बास्कोटा प्रमारणमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

काठमाडौँ । सरकारका प्रवक्ता एव‌ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजिनक भएर उनि बिवादमा तानिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको खबर प्राप्त भएको छ । उक्त भेटमा मन्त्री बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले बताएको छ ।

ओली र प्रचण्डबीच मन्त्री बास्कोटा काठमाडौँ फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने कुराकानी भएको स्रोतले जनाएको छ । बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन् । उनि बिहीबार बिहान काठमाडौँ फर्किँदै छन् ।

प्रतिक्रिया