महराको थुनामुक्तबारे सदनलाई जानकारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद पूर्वसभामुख कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् ।

बैठकलाई जानकारी दिएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ । पूर्वसभामुख महराले उक्त प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएको बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनि निलम्बित भएका थिए ।

प्रतिक्रिया