‘माया के होला’ को शुभमुहूर्त

काठमाडौं । अर्नभ फिल्म प्रोडक्सन प्रालि र इन्द्रेणी सिने इन्टरटेन्मेन्ट प्रालिको संयुक्त प्रस्तुति रहने कथानक चलचित्र ‘मायाँ के होला !’ को शुभमुहूर्त सम्पन्न भएको छ ।

बिहीबार रातोपुलस्थित रक हाउस क्याफेमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यतामा मुहूर्त कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा क्यामेरा स्विचअन चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्देशन रवीन्द्र खड्का, क्ल्याप कृष्णा शिवाकोटी, सानु श्रेष्ठले नरिवल फुटाएका थिए । सोनाम थापा मगर, मेनुका गिरी, अर्जुन गुरुङ लगायतका कलाकारले मुहूर्त सर्ट दिए ।

त्रिकोणात्मक प्रेम कथामा आधारित एक्सन प्रधान चलचित्रको निर्देशन इन्द्र कार्की गर्दैछन् । त्यस्तै, मुख्य सहनिर्देशक जीवन गौतम, निर्माता किरण कार्की, लक्ष्मी नेपाल र सीता बस्नेत रहेका छन् । फागुन दोस्रो सातादेखि फ्लोरमा जाने यो चलचित्रमा सोनाम थापा, अर्जुन गुरुङ, मेनुका गिरी, बिरु नेपाल, फरिता खड्का, चेतन अर्याल, मदन सेञ्चुरी, रमन राई, सुरज खनाल, छाया श्रेष्ठ, बालकलाकार रोनिश पाण्डे लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । चलचित्रमा द्वन्द्व सुरज श्रेष्ठ, नृत्य हरिश खनाल, क्यामरामा रामेश्वर हुमागाँइको रहने छ ।

प्रतिक्रिया