नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपालले नयाँ कीर्तिमान कायम गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । अमेरिकालाई ३५ रनमा अलआउट गरेको नेपालले ३२ बलमा सो लक्ष्य भेटाएको थियो ।

सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएपछि अमेरिका न्युनतम् रनमा समेटिएको छ । श्रीलंकाले सन् २००४ मा जिम्बावेलाई ३५ रनमा समेटेर कायम गरेको कीर्तिमानलाई नेपालले बराबरी गरेको हो । यद्यपि, सबैभन्दा कम बलमा विपक्षी टोलीलाई समेट्ने रेकर्ड भने नेपालले कायम गरेको छ । यसअघि अफगानिस्तानले जिम्बावेलाई १३ दशलमव ५ ओभरमा ५३ रनमा समेटेको थियो ।

लामिछानेले ६ ओभर बलिङ गर्दै एक मेडन राखेर १६ रन खर्चेर छ विकेट लिए । यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो । यसैगरी, भारीले तीन ओभरमा एक मेडन राखेर पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो ।

प्रतिक्रिया