नेपाली सेनाको टोली चढेको बस पल्टिँदा १७ जना घाइते

कावासोती । सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली चढेको बस पल्टिँदा १७ जना सेना घाइते भएका छन् । सेनाको टोली चढेको ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र वीरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।

अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै गरेकाहरु दुर्घटनामा परेको जनाइएको छ । बस अनियन्त्रित भएर सडकबाट तल खसेको छ । बसमा ४० जना चढेको जनाइएको छ ।

प्रतिक्रिया