वरिष्ठ नेता नेपाल र भारतीय राजदूत पुरीको भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीत भसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी रहेएका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो ।

दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया