खोजखबर

दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार

सौर्य अनलाइन २०७६ मंसिर ९ गते ११:३१ मा प्रकाशित

काठमाडौँ । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता र झापाकी २५ वर्षीया सविनाको उद्धार गरिएको हो ।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो ।उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय