पूजाको ‘रहर’

काठमाडौं । गायिका पूजा सुनुवारको दोस्रो एल्बम ‘रहर’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच संगीतकार तथा संगीतकार संघ नेपालका पूर्वअध्यक्ष लक्ष्मण शेष लगायतले एल्बम विमोचन गरे । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बममा ‘हुन्छ भनन’, ‘बेहुली’, ‘यो मौसम’, ‘वान साइड लभ’ र ‘नामसेवाइ’ बोलका गीत छन् ।

गीतमा दीपक शर्मा, डिपी खनाल, रामगोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारको शब्द तथा दीपक शर्मा, शंकर थापा स्माइल, अनिष श्रेष्ठ, शिव साम्पाङ र पुष्कर सुनुवारको संगीत छ । एल्बमको ‘हुन्छ भनन’ मा गायक डेभिड शंकर र ‘यो मौसम’ मा गायक राजेशपायल राईको स्वर पनि सुन्न सकिन्छ । कार्यक्रममा ‘हुन्छ भनन’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

अनुप चापागाईंको निर्देशन रहेको भिडियोमा अभिनेत्री वर्षा राउत र गायक तथा मोडल प्रकाश सपुतको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन छ । नेपालीबाहेक, नेपालभाषा, सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगित तथा देउडालगायत विभिन्न भाषाभाषिकाका दुई सय गीतमा स्वर दिइसकेकी गायिका सुनुवारको यसअघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनिक भएको थियो ।

प्रतिक्रिया