उमा कुङफुमा ७ पदक

काठमाडौं । नेपाली उमा कुङफु खेलाडीले डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसिपमा ७ पदक जितेका छन् । अस्ट्रियाको ब्रेबेन्चमा नोभेम्बर १५ र १६ तारिखमा भएको प्रतियोगितामा ३ खेलाडीले विभिन्न ७ स्पर्धामा ७ पदक जितेका हुन् । सञ्जय पुटुवारले तीन स्पर्धामा स्वर्ण, रजत र कांस्य जिते । कमल मगरले तीन स्पर्धामा दुई रजत र एक कांस्य हात पारे । त्यस्तै रमेश महर्जनले एक स्पर्धामा कांस्य प्राप्त गरे ।

पदक विजेता खेलाडीलाई अस्ट्रियमा सम्मान पनि गरिएको थियो । वल्र्ड मार्सल आर्ट कमिटीका अध्यक्ष हराल्ड फोलाबोरी तथा महासचिव डेनिला क्लोफरले खेलाडीलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । ३ खेलाडीसहित व्यवस्थापक अशोक केसी मंगलबारै स्वदेश फर्किएका छन् । उनीहरूलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसीका इन्टरनेसनल बोर्ड अफ डाइरेक्टर तथा एसियाली डब्लुएमएसीएका डाइरेक्टर सिद्धार्थ लामा, नेपाल उमा कुङफु संघका उपाध्यक्ष सञ्जित राईलगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

प्रतिक्रिया