नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं । मंसिरमा आयोजना हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगिता सुरु हुन २० दिन बाँकी रहँदा नेपालले ३ सिनियर खेलाडी समावेश गर्दै यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई समावेश गर्दै २० सदस्यीय टोली घोषणा गरेका हुन् ।

घोषित टोलीको गोलकिपरमा विकेशसँगै अर्पण कार्की र दिप कार्की छन् । डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ र छिरिङ गुरुङ छन् । मिडफिल्डमा सुजल श्रेष्ठसँगै सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाम्बे र तेज तामाङ छन् । फर्वाडमा विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिब सुब्बा र अन्जन विष्ट छन् । अधिकांश यिनै खेलाडी समावेश नेपाली टोलीले २०१६ मा भारतको गुहाटीमा सम्पन्न १२ औँ सागमा स्वर्ण जितेको थियो ।

प्रतिक्रिया