डा. केसीले तोडे अनसन

काठमाडौं । प्रा. डा. गोविन्द केसीले डडेल्धुरामा सुरु गरेको १७ औँ अनसन तोडेका छन् । सीमाका विषयमा राष्ट्रिय बहस भइरहेकाले राष्ट्रियताको रक्षार्थ सरकारलाई सहयोग पु¥याउन भन्दै नवौँ दिनका दिन अनसन तोडेका हुन् ।

देशको माहोल भारतसँगको सीमा विवादमा केन्द्रित भएको बताउँदै भन्दै उनले तत्कालका लागि अनसन स्थगित गरेको जनाएका छन् । यसअघि सोमबार मात्रै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले देश लिपुलेकमा केन्द्रित भएको भन्दै डा. केसीलाई अनसन तोडन आग्रह गरेका थिए । जिल्ला अस्पतालमा उपचारका लागि आएकी चार वर्षीया बालिकाको हातबाट जुस पिउँदै डा. केसीले मंगलबार अनसन तोडेका हुन् । अनसन तोड्ने क्रममा डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र समेत लेखेका छन् । उनले पत्रमा नेपाली सीमा मिचेको खबरबाट आपूm स्तब्ध भएको उल्लेख गरेका छन् ।

‘सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो, पछिल्लो पटक भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ । यो समाचारले अरू नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु’, मोदीलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरूको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौँ ।’

डा. केसीले सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरूबीच देखिएको अभूतपूर्व तदारुकता देखावटीमात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् भन्ने समेत उल्लेख गरेका छन् । यद्यपी उनले चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्तलगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन नसक्ने उनले बताएका छन् । उनले हालका लागि अनसन स्थगित गरेपनि आफ्ना माग पूरा नगरिए जुनसुकै बेला सत्याग्रह लगायत आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

प्रतिक्रिया