मन्त्रिपरिषद् फेरबदलको लागि बालुवाटारमा छलफल

काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार दिउँसो छलफल भएको स्रोतले जनाएको छ । उक्त छलफलमा केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा कुरा भएको छ ।

स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनको स्थानमा प्रभु शाहलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ । सँगै महिला बालबालिकामन्त्री थममाया थापालाई हटाएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ ।

अन्य मन्त्रीका विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै तीन पटक संसदीय चुनाव जितेका वसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहमत भएको जनाइएको छ ।

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले काम गर्न लागेको उनका विश्वास पात्रलाई बताउँदै आएका छन् । उनले नयाँ ढंगले अगाडि बढ्ने भन्दै शुक्रबार बालुवाटार बैठकमा सल्लाहकारलाई संयुक्त राजीनामा दिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया