ठमेलमा ‘फ्लेबर अफ काश्मिर’ फेस्टीभल हुने

काठमाडौं । शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्टले काठमाडौंको ठमेलमा काश्मिरी स्वादको भोजन उपलब्ध गराउने भएको छ ।

‘फ्लेबर अफ काश्मिर’ नाम दिइएको फेस्टीभल नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले डिसीएल तथा भारतीय दूतावासका वरिष्ठ सदस्यहरुको साथमा काठमाडौंका कूटनीतिक र व्यापारी समुदायका लागी आयोजीत विशेष रिसेप्सन डिनरमा उद्घाटन गर्नेछन ।

भारत तथा विश्वभर ‘प्यारडाइज अन अर्थ’ ले प्रख्यात काश्मिर प्राकृतिक सौन्दर्यले मात्र सम्पन्न नभएर उत्कृष्ट भोजनहरुको पनि धरोहर भएकोले काश्मिरी संस्कृति क्विजीन मार्फत प्रदर्शन गर्ने उद्देश्यले, कार्यकारी शेफ शैलेन्द्र सिंहले शेफ रैनाका साथ एक्जोटिक ग्वरमेन्ट भोजनको अनुभव लिन चहानेहरुका लागि स्वादिष्ट क्वीलिनेरी मेन्यू विकास गरेका हुन । हाल विश्वका २६ देशमा १४० भन्दा बढी अलफ्ट होटल सञ्चालनमा छन् । अलफ्ट नयाँ पुस्ताको होटल हो जसले संगीत, ढाँचा र प्रविधिका माध्यमबाट पाहुनालाई बढिभन्दा बढी मनोरञ्जन प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया