रेउलेको ‘कदम छाया’ सार्वजनिक

काठमाडौं । गायक कृष्ण रेउलेले नयाँ लोकदोहोरी गीत ‘कदम छायाको’ भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गोविन्दमधुर आचार्यको शब्द तथा संगीत रहेको उक्त गीतमा गायक रेउले र कोपिला गौतमको संयुक्त आवाज रहेको छ । त्यस्तै, गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । उक्त भिडियोमा निर्देशक विष्ट, सरोज प्रजा र कविता नेपालीको अभिनय छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका छन् ।

युवायुवतीबीचको प्रेमप्रसंगलाई जोडेर फरक धारको गीत बनाइएको गायक रेउलेले जिकिर गरे । उनले गीतलाई मौलिकतामा ध्यान दिएर तयार पारिएको जानकारी समेत दिए । उनले भने, ‘यो गीत अरूभन्दा फरक र भिडियोमा पनि सोहीअनुसार चरित्रलाई प्रस्तुत गरिएको छ । गीतको समसामयिक परिवेशमा केन्द्रित रही बनाइएकाले दर्शकस्रोताको माया पाउनेमा आशावादी छौँ ।’ गायक रेउलेका यसअघि दर्जनौँ गीत बजारमा आइसकेका छन् । उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेका छन् ।

प्रतिक्रिया