मत-विमत

राजनीति, अपराध र जनविश्वास

राजेन्द्र कोजू २०७६ कार्तिक २१ गते ६:३३ मा प्रकाशित

अपराध र राजनीतिको सम्बन्ध परस्पर निषेधित हुन्छ भन्ने आदर्श विचार÷बुझाइ यतिखेर गलत सावित भएको छ । सिधा बुझ्दा राजनीतिप्रतिको विश्वास, आस्था क्षीण भएको छ । उज्ज्वल सम्भावनाको सपनाको खेती गर्ने ठाउँ हो, राजनीति । आजसम्म राजनीति गर्नेहरूले विश्वास र भरोशाको बलियो जगमा टेकेर सम्भावना र सपनाको बिक्री गरेर शक्तिमा आउने गरेका थिए । तर, नेपालको राजनीतिको सुन्दर पर्दाहरू दिन प्रतिदिन उघारिँदै जाँदा जनताले नदेखेको, नपत्याएका, नसोचेको घिनलाग्दा र डरलाग्दा परिदृष्यहरू उदांगिन थालेपछि आम मानिसहरूले सबै कुराहरूमा शंका गर्न थालेका छन् ।

त्यसो त, बुद्धले सबैलाई शंका पनि गर्नुपर्छ, अति विश्वास, अति प्रेमले धोका हुन सक्नेतर्फ सबै सचेत हुनुपर्ने सन्देश दिएका छन् । राजनीतिक अपराधिकरणले नेताप्रति, जनताको विश्वास कमजोर हुनु राम्रो हैन । त्यसले देश कमजोर बनाउँछ । नेता जनताका अगुवा हुन् । प्रकाशस्तम्भ हुन् । आस्था र विश्वास र भरोसाका केन्द्र हुन् । यो नै कमजोर भएका, यी खम्बा नै धमिराले खाएको आजको अवस्थामा जनता आक्रोशित छन् । यसले सही परिणाम दिने छैन । जसरी दूधमा विष मिसाइन्छ, त्यसरी नै राजनीतिमा अपराध मिसिने गरेको छ । राजनीति समाधान हुनुपथ्र्यो तर राजनीति आज समस्या भएर खडा भएको छ । यो सर्वथा गलत भएको छ ।

देश खुफिया दलाल, सामन्ती नोकरशाहीहरूको दलदलमा फसेको यथार्थ दिनको घामझैँ र ऐनाजत्तिकै छर्लंग भएको छ । यो पुँजीवादी व्यवस्थाकै संकेत हो । भनिन्छ, ‘प्रत्येक हार, धोका र चोट आगामी दिन उत्तम बनाइदिने बिउ हुन् ।’ तसर्थ यो स्थिति आउनु नै समाजवादी व्यवस्थाको अंकुरण हो भनी बुझ्दा जनताको मन शान्त हुने स्थिति छ । आजको धैर्यताले नै समाजवादी विद्रोहको चेत विजारोपण हुने अवस्था भनेर बुझ्दा फरक नपर्ला सायद 

अपराधका पछिल्ला प्रकरणहरू
पछिल्लो समयमा नेपाली राजनीतिमा विहारी राजनीतिको प्रभाव र दबदबा बढेको छ । चुनाव शक्ति र सत्ता आर्जन गर्ने माध्यमको रूपमा मात्र प्रयोग हुन थालेको छ । जनताको चाहनाअनुसार काम गर्नेलाई भन्दा पनि आफ्नो निजी स्वार्थ र अभिष्ट पूरा गर्ने राजनीति गर्ने अभ्यास सुरू भएको छ ।बल, पैसा, डर, धम्की र अपराधको सबै स्वरूप प्रयोग गरी वा साम, दाम, दण्ड, भेद प्रयोग गरी जसरी भए पनि चुनाव जित्ने र वृहत्तर स्वार्थलाई भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राखी कार्य गर्ने उद्देश्यका साथ राजनीतिमा लाग्ने गरेको देखिन्छ ।

खुलमखुला यस्तो गर्नु र गर्न उद्यत रहनुले देश खुफिया दलाल, सामन्ती नोकरशाहीहरूको दलदलमा फसेको यथार्थ दिनको घामझैँ र ऐनाजत्तिकै छर्लंग भएको छ । यो पुँजीवादी व्यवस्थाकै संकेत हो । भनिन्छ, ‘प्रत्येक हार, धोका र चोट आगामी दिन उत्तम बनाइदिने बिउ हुन् ।’ तसर्थ यो स्थिति आउनु नै समाजवादी व्यवस्थाको अंकुरण हो भनी बुझ्दा जनताको मन शान्त हुने स्थिति छ । आजको धैर्यताले नै समाजवादी विद्रोहको चेत बीजारोपण हुने अवस्था भनेर बुझ्दा फरक नपर्ला शायद् ।

नेपालमा राजनीतिको आडमा अपराध बढेको तथ्य डा. युवराज संग्रौला र डा. मिनेन्द्र रिजालले पनि स्वीकारेका छन् । राजनीतिमा झुट बोल्नु सामान्य मानिन्छ । नेताहरू राजनीतिमा कुटनीति जरुरी रहेको ठान्दछन् । तर, पछिल्लो समयमा नेपालका राजनीतिक नेताहरूले अपराधको नेतृत्व गर्न थालेको सर्वत्र चिन्ता छाएको छ । चुनिएका, गनिएका र उच्च तहका नेताहरू नै असामाजिक, अनैतिक विकृत कार्यको नेतृत्व गर्दै गर्दाको क्षण साँच्चै नेपालीहरूको लागि लाजको विषय बनेको छ ।

पूर्व सभामुख महरालाई लागेको आरोप, अफता आलम काण्ड, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको विषयमा प्रसारित सनसनीपूर्ण चरित्र दोषको आरोप लगायतका घटना र यसले सिर्जना गरेको वातावरणले राष्ट्रिय बेइज्जत भएको छ । सम्बन्धित आरोपित नेताहरूका लागि मात्र नभई देश बदल्छु, व्यवस्था बदल्छु, समाज बदल्छु र अवस्था बदल्छु भन्दै चौडा छात्ती बनाई हिँडेको नेता, अभियन्ताहरूलाई समृत सन्देह गर्न सक्ने राष्ट्रिय लज्जाको विषय बनेको छ ।

नेपालको इतिहास खुँडा, खुकुरी, तरबार र बन्दुकसँग बढी केन्द्रित छ । देशका शत्रुको हत्या गरी बनाएको इतिहास, वर्ग शत्रुको संहार गरेको इतिहास, विस्तारवादी र साम्राज्यवादीहरूलाई परास्त पार्न गरिएको हत्या, हिंसासम्मलाई आवश्यकताले सिर्जना गरेका परिस्थिति भन्न सकिएला । युद्धको दौरानमा गरिएका हत्या, हिंसा र दूराचारलाई पनि युद्ध अपराधको रूपमा परिभाषित गर्ने आजको अवस्थामा राजनीतिक नेतृत्वकाृ तहबाट हुने गरेको सबै खालका अपराधको जति निन्दा गरे पनि पुग्दैन । इतिहासका कालखण्ड पुनरावलोकन गर्दा कति कालखण्ड सिर्जना र निर्माणको कालखण्ड भए, कति कालखण्ड शक्ति र संस्कृतिको युगका रूपमा चिनिए ।

कुनै कालखण्ड शक्ति र साम्राज्यको कालखण्ड भए । पृथ्वीनारायण शाहले साम्राज्य, शक्ति र सत्ताका लागि देशको नाममा, राष्ट्रको नाममा हतियार उठाए । कति विद्रोह जनस्तरमा भए, कति राज्य तरमा भए । कतिको बलिदान राज्यका लागि भए, कतिको हत्या देशका लागि भए तर राणाकालीन समयमा गरिएका हत्या, हिंसा र विभिन्न पर्व र नरसंहार भने शक्ति र सत्ता कब्जा गर्न नै भए । त्यसपछिका समयमा जनताका अधिकार प्राप्तिका लागि र त्यसलाई दबाउनका लागि हत्या भए । पञ्चायतकालीन समय २००७ सालपछि राजनीतिक व्यवस्था परिवर्तनका लागि सशस्त्र संघर्ष, बलिदान र हत्या भए ।

०५२ सालपछि पनि राज्यपक्ष र विद्रोही पक्षबीच सत्ता र व्यवस्था जोगाउने र अन्त्य गर्ने बीचमा हत्या, हिंसा भए । तर, ०६२÷६३ सालको आन्दोलनपछि एकले अर्काको चरित्र हत्या गर्ने, गाली गर्ने मानसिक रूपमा साइलेन्ल्सी किल गर्ने परम्पराको सुरुवात भयो । खासगरी सामाजिक सञ्जालका कारण चरित्र हत्या गर्ने र बेइज्जती गर्ने, नैतिक आचरण धरासायी बनाउने नयाँ युद्धको सुरुवात भयो । आजको अवस्थासम्म आइपुग्दा विभिन्न अपराध गर्ने सम्मको हदमा नेताहरू पुग्नु डरलाग्दो परिस्थिति हो । नैतिक र चारित्रिक रूपमा सामाजिक मूल्य, मान्यता, धर्मलाई पनि ध्वंश गर्दै, लर्कार्दै अघि बढ्नु, त्यो पनि अगुवाहरूद्वारा नै यो प्रवृत्तिको नेतृत्व गनु राष्ट्रिय विडम्बनाको विषय हो । मानवतावादी सोच र संस्कार, चरित्रको अवसान हुनु आफैंमा लज्जाको विषय हो ।

नेताहरू, प्रतिनिधि चरित्र हुन् । राष्ट्रिय चरित्र र प्रवृत्ति र संस्कृतिका निर्धारक तत्व नेताहरू अगुवाहरू हुन् । आज नेपालमा नेताहरू एकले अर्कालाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्ने अभ्यासमा छन् । राष्ट्रिय स्वार्थ र वृहत्तर स्वार्थलाई तिलाञ्जलि दिई व्यक्तिगत स्वार्थका लागि समय र परिस्थितिमा एकले अर्कोलाई प्रयोग गर्ने, दुरूपयोग गर्ने र सदुपयोग गर्ने मनोवृत्तिमा अगाडि बढिरहेका छन् । सत्ययुगमा ऋषिमुनीहरूको तपस्या भंग गर्न सुरा, सुन्दरी प्रयोग गर्ने कथा सुनेका थियौँ ।

आज त्यसरी नै एकले अर्कोलाई लछार्न, पछार्न त्यसको प्रयोग हुन थालेको छ । एकले अर्कोलाई नांगेझार पार्न सबै स्तरका हत्कण्डा प्रयोग गर्न नेताहरू ब्यग्र छन् । विभिन्न पासोमा पारेर फाइदा लिने दाउमा छन् । जताततै षड्यन्त्रको गन्ध छ । परोक्ष–अपरोक्ष रूपमा भौतिक, अभौतिक हत्याको शृंखला, बदलाको शृंखला सुरु भएको छ । तसर्थ, सबै असुरक्षित रहेको अवस्था छ । बरू अकबर र वीरबलको कथा दोहोरिएको भए सायद् जनतालाई त्यति धेरै पीडा हने थिएन । यहाँ एकले अर्काको पोलापोल र खोलाखोल गर्दा राष्ट्रका प्रतिनिधि पात्रहरूको बद्नामसँगै सबै नेपालीको बद्नाम भएको छ ।

एउटा कथा र कथाको सन्दर्भ मिलेको नयाँ नेपालको कथा । एकदिन तीनजना गफाडीहरूको भेला भएछ । तिनीहरूबीच गफ दिने प्रतियोगिता भएछ । प्रतियोगिताको एउटा नियम रहेछ कि कसैले पनि होइन भन्न नपाउने । होइन कसैले भन्यो भने त्यो गफाडी, गफ दिनेको गएर नोकर बस्न जानुपर्ने नियम तिनीहरूले बनाएछन् । गफको सुरूवात काठमाडौंका गफाडीले गरेछन् । उसले भन्यो, ‘काठमाडौंमा एउटा माकुराले धरहरादेखि घन्टाघर सम्मको जाल बुनेछ, त्यो जाल यत्ति बलियो थियो कि त्यसको माथि रेल गुडाउँदा पनि चुँडिएन ।’ त्यसपछि ललितपुरका गफाडीले गफ दिए, ‘ललितपुरको पीच सडकमा एउटा ठूलो रायोको सागको बोट उम्रेछ । त्यो बोट यसरी बढ्यो कि त्यसको तीनवटा पातमध्ये एउटाले भक्तपुुर, अर्कोले ललितपुर र तेस्रो पातले काठमाडौं सहर नै छोपेछ ।’ उसले हो कि होइन भनी सोध्यो । दुवैले हो भन्दै टाउको हल्लाए । होइन भन्यो भने त नोकर बस्न जानुपर्छ ।

त्यसपछि तेस्रो गफाडीको रूपमा भक्तपुरका गफाडीको पालो आयो । उसलाई चाहिँ के गफ दिउँ, के गफ दिउँ भन्ने भयो । धेरै बेरपछि उसले गफ दिन सुरु गर्यो । ‘मेरो घरमा दुईजना नोकर पालेको छु, तिनीहरू यत्ति फटाहा छन् कि राष्ट्रिय फटाहा । तिनीहरूमध्ये एकजना तिमी(ललितपुरको) र अर्को एकजना तिमी( काठमाडौंको), हो कि होइन ?’ काठमाडौं र ललितपुर दुबै ठाउँका गफाडीहरूले हो भन्दै टाउको हल्लाए । होइन भन्यो भने नोकर बस्नुपर्छ भन्ने चिन्ताले उनीहरू हो भन्न बाध्य भए । माथिको कथाको पात्रजस्तै नेपालका नेताहरू राजनीतिमा गफ दिँदैछन् । यी फटाहा नेताहरूलाई अब कसरी विश्वास गर्ने ?

प्रतिक्रिया