कालापानी र लिपुलेक भारतमाः भिम रावलले मागे सरकारको धारणा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले लिपुलेकसहितको नेपाली भूभाग भारतले हडपेर आफ्नो नक्सामा राखेकोमा नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यसमेत रहेनुभएका पूर्वगृहमन्त्री रावलले छलफल गरेर धारणा बनाउन सर्वदलीय बैठक बोलाउन माग गरेका हुन ।

देशको भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा नेपाल सरकारले तत्काल आफ्नो धारणा बाहिर ल्याउनु पर्ने भन्दै नेता रावलले भारतले जारी गरेको नक्सालाई नेपालले ठाडै अस्वीकार गर्नुपर्नेमा जोड दिए ।

पटक–पटक नेपाली सीमा मिच्दै आएको भारतले आइतबार सार्वजनिक गरेको भारतको नयाँ नक्सामा नेपालको कालापानीसमेत आफ्नो भूभागमा पारेपछि नेपालमा खैलाबैला मच्चिएको छ । तर नेपाल सरकारले अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।

 

 

प्रतिक्रिया