विचरा यी प्राडाहरू

निनाम कुलुङ ‘मंगले’

मेरो बाबु पनि ठूला राई थिए । ०३३/०३४ सालमा नापी आयो । रैतीहरूले पनि जग्गा आफ्नो नाममा दर्ता गर्ने क्रममा नामको पछाडि राई लेख्न चाहे । तर, मेरो बाबुले ‘म पो राई हुँ, यी मेरा रैतीहरू कसरी राई हुन्छ ?’ भनी रैतीहरूलाई राई लेख्न नदिने अड्डी कसे । रैतीलाई राई लेख्न दिने कि नदिने ? भनी छलफल गर्न ५/६ दिनसम्म पञ्च–भलाद्मीहरूको भेला बस्यो । तर, मेरो असली राई बाबुको हार भयो

गत कात्तिक ३ गते एक दैनिकमा प्राडा दानराज रेग्मीको ‘भाषिक गणनाः तथ्यांक कि मिथ्यांक ?’ शीर्षकको अग्रलेख छापिएको थियो । सो लेखमा प्राडा रेग्मीले नेपालका भाषाहरूका बारेमा केही सत्य–तथ्य र केहीचाहिँ गाँजेमाजे खालका र केही भाषाको मातृभाषी नै नभए तापनि वि.सं २०५८ र २०६८ मा मातृभाषी भनी आएको तथ्यांकबारे चुँसम्म नबोलेको वा भनौँ केही उल्लेख नगरेको भेटियो । प्राडा रेग्मी त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक पनि हुन् ।

यसरी हेर्दा प्राडा रेग्मी मात्रै नभएर नेपालका कुनै पनि प्राडाहरू जस्तै प्राडा नोवेल÷नोबलकिशोर राई , प्राडा प्राडा चतुरभक्त राई , तारामणि राई !, (नोटः राईको पछाडि यो ‘!’ चिन्ह राख्नुको कारण वास्तवमा राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शासकहरूले दिएको पदवी वा पगरी मात्रै भएकोले हो ।) प्राडा …, प्राडा … हरू साँच्चै, पढेरै र, विषयविज्ञ भएरै आफ्नाे नामको पछाडि प्राडा लेखेका/लेख्ने गरेका हुन् त ? भन्ने म मा (यो पंक्तिकारमा) शंकै छ है, प्राडा सा’ब ज्यूहरू !

किनभने, नेपालका प्राडाहरू, खासगरी भाषा विज्ञानका प्राडा भनिनेहरूले जहिले पनि (हुन त गत कात्तिक ३ मा एक दैनिकमा आएको लेख मात्रै नभएर विगतमा पनि ती प्राडाको लेख नागरिक दैनिक, कान्तिपुर दैनिक लगयात विभिन्न पत्रपत्रिकामा नेपालको भाषाभाषी सम्बन्धी लेख छापिएको छ ।) नेपालका भाषाहरू वा भाषा विज्ञानका बारेमा लेख्दा कथित राई जातिको बारेमा भने प्रस्ट भएर हो वा नभएर हो ?, जहिले पनि एक जाति राई वा राई–किराती ! को २८ भाषा भन्ने आशयको लेख छापिने गरेको छ । के ती भाषा विज्ञानका प्राडाहरूले साँच्चै कथित एक जाति राई ! को २८ वटा मातृभाषा हुन्छ भन्ने बारेमा प्रष्ट छन् ? यदि भाषा विज्ञानका ती प्राडाहरू नेपालमा साँच्चै कथित एक जाति राई ! छन् र, उनीहरूको २८ वटा मातृभाषा हुन्छ भने, त्यसरी ‘म एक जाति राई हुँ तर, मेरो २८ मातृभाषा छ ! भनी २८ वटा मातृभाषामा खररररर … बोल्ने कुनै माइकलाल राई भेटेका छन् ? छन् भने, महोदयहरूले यो केही नजान्ने कुलुङे ढाक्रेलाई पनि चिनाई दिनु/भेट्टाई दिनु प¥यो । होइन भने, कम्तिमा वि.सं २०५८ र वि.सं २०६८ को जनगणनाबारे ‘टेबल वर्क’ गरेर लेख्नु प¥यो भन्ने यो पंक्तिकारको जिरह हो ।

नत्र भने, प्राडा दानराज रेग्मी लगायत अन्य प्राडाहरूले साँच्चै एक जाति राई ! ले आफ्नाे २८ वटा मातृभाषा छ भन्दै २८ वटा मातृभाषामा खररर … बोल्न सक्ने कुनै माइकलाल राई ! भेट्नु भा’छ त ? यदि ‘म एक जाति राई ! हुँ, तर, मेरो २८ वटा मातृभाषा छ ! भन्दै २८ वटा मातृभाषा खररर … बोल्न सक्ने कुनै माइकलाल राई !’ भेट्नु भा’छ भने, प्राडा दानराज रेग्मी ज्यूले मात्रै नभएर भाषा विज्ञानका कुनै पनि प्राडा ज्युहरूले यो केही नजान्ने कुलुङे ढाक्रेलाई पनि भेटाइदिनु होला भन्ने हार्दिक अनुरोध छ ।

आशयः वास्तवमा राई नेपालको कुनै जात वा जाति नभएर विगतमा खासगरी नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरूलाई उनीहरूको भूगोलसमेत फुटाएर/छुटाएर वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ, बान्तावा लगायत खम्बुलाई ‘राई’, पल्लो किरातका लिम्बु र लाप्चालाई ‘सुब्बा’, मधेसका थारुलाई ‘चौधराई’ वा ‘पटवारी’ (हाल चौधरी लेख्छन्) दिइएको पद वा पगरी मात्रै हो । यस्तो ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ पनि ठेकी–बेठी, भूमिकर आदि निश्चित रकम तिरेर मात्रै पाइन्थ्यो ।

यसरी ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ पद वा भनौँ पगरी पाएका मान्छेहरूलाई जिम्मावाल र तालुकदार पनि भन्ने गरिन्थ्यो भने, उनीहरू मातहत विभिन्न काम कारबाही गर्ने गरी थरी, कारबारी, बहिदार वा बैदार, करता, माथा, गौरुङ आदि पनि नियुक्त हुन्थे । यसरी ऊ बेला ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ पद वा भनौँ पगरी पाएका मान्छेहरू वा उनीहरूका सन्तानलाई अहिले पनि ‘फलानो जिम्मावाल र फलानो तालुकदारका छोरा वा नाति’ भन्ने प्रचलन हटी सकेको छैन ।

थप कुरो, यो केही नजान्ने कुलुङे ढाक्रेले ‘म पनि प्राडा हुँ ! भनी मेरो नामको पछाडि प्राडा लेखेमा तपाईँ भाषा विज्ञानका प्राडा लगायत अन्य प्राडाहरूले के गर्नु हुन्छ ? थाहा भएन । तर, ऊ बेलाको भाषामा भन्नु पर्दा ढाक्रे वा रैती अर्थात् सर्वसाधारण नागरिकहरूले आफ्नाे नामको पछाडि ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ लेखेमा ‘तँैले नपाएको पद वा भनौँ पगरी कसरी लेखिस् ?’ भनेर असली ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, … ले ठिँगुरो (जेल !) मा हाल्थे ।

त्यसो त यो केही नजान्ने कुलुङे ढाक्रेको कुरो नै पत्याउनु पर्छ भन्ने छैन, म नै धु्रव–सत्य हुँ ! भन्ने पनि म मान्दिन । त्यसैले यहाँ ऊ बेला ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ भएकामध्ये केही राई र सुब्बाका जेठो छोरोहरूको नाम तल उल्लेख गरी दिन्छु ।

जस्तै हाल नेपाली साहित्य, गीत, संगीत आदिमा चल्तापूर्जा रहेका र, अधिकांश काठमाण्डौमै रहेका मुकारुङ खलकका बाबु÷बाजे परशुराम राई ५२ पगरीका ठूला राई थिए । तयस्तै संखुवासभा जिल्लाको धुपु गाऊँका जुद्धबहादुर राई ! अमाली (कानुन हेर्ने) राई पनि ठूला राई थिए । उनका जेठो छोरो डम्बर लोहोरुङलाई हाल काठमाडौमै भेट्न सकिन्छ । उता संखुवासभाकै पाङमा गाऊँका गंगाप्रसाद राई पनि ५२ पगरीका ठूला राई थिए । जो विसं २०१५ सालको चुनावमा गोरखा परिषद्बाट उम्मेदवार पनि भएका थिए । उनको ठूलो टारी खेत अझै पनि छँदैछ । जहाँ बेठीसहित धान रोप्थे भने, ढाके्र वा भनौँ रैतीहरूले सित्तैमा काम (धान रोप्ने लगायत) गर्दिनु पथ्र्यो ।

उता डा. शिवकुमार राई जो वि.सं २०६५ को प्रचण्ड सरकारमा राष्ट्रिय योजना आयोग (रायोआ) मा सदस्य भएका थिए । सन् २००७ को विश्व आदिवासी दिवसको कार्यक्रममा प्mलोर ओपन भएपछि यो पंक्तिकारले राई जात होइन, यसलाई जात मान्दा ‘२२ देखि २६ भाषी किरातीहरूको जातीय स्वपहिचान हराउन आँटेको छ ।’ भनी प्रष्टाएपछि उनले ‘भाई, तपाईँले साह्रै राम्रो कुरो उठाउनु भो । मेरो बाबु पनि ठूला राई थिए । ०३३÷०३४ सालमा नापी आयो । रैतीहरूले पनि जग्गा आप्mनो नाममा दर्ता गर्ने क्रममा नामको पछाडि राई लेख्न चाहे । तर, मेरो बाबुले ‘म पो राई हँु, यी मेरा रैतीहरू कसरी राई हुन्छ ?’ भनी रैतीहरूलाई राई लेख्न नदिने अड्डी कसे । रैतीलाई राई लेख्न दिने कि नदिने ? भनी छलफल गर्न ५÷६ दिनसम्म पञ्च–भलाद्मीहरूको भेला बस्यो । तर, मेरो असली राई बाबुको हार भयो ।’ भनी बताएका थिए ।

हुन पनि २०२१ सालमा राजा महेन्द्रको पालामा आएको भूमिसुधार ऐन २०२९/०३०/०३१/०३२/०३४/०३५/०३६/०३७/०३८ देखि २०४९ सालसम्ममा नेपालभरि लागू भयो । त्यसपछि राई, सुब्बा, मुखिया देवान, अमाली गौरुङ आदिको दरकार नै परेन । रैतीहरूले पनि आफ्नोनाे नामको पछाडि आफू खुसी राई, सुब्बा, मुखिया देवान आदि लेख्न थाले । रैतीहरूले पनि आपूmले आपैmँलाई ठूलो राई, सुब्बा, मुखिया, देवान सम्झन थाले ! यसरी भूमिसुधार ऐन लागू भएसँगै किपट प्रथा पनि हट्यो । राई, सुब्बा, मुखिया, देवान आदि प्रथा पनि हट्यो …।

त्यसैले भाषा विज्ञानका प्राडाहरूले कथित् राई जाति ! र राई भाषाबारे लेख्दा सकेसम्म स्थानीय स्तरमा गहन ढंगले अध्ययन गरेर लेख्नु प¥यो । नभए हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनालाई आधार मानेर लेखे पनि भयो । त्यति मिहिनेत पनि नगर्ने हो भने, हामी जस्ता केही नजान्ने कुलुङे ढाक्रेहरूलाई सोधेर लेखे पनि हुन्छ !

हुन त राई जात नभएर पद वा पगरी मात्रै हो भनेर डोरबहादुर विष्ट, जनकलाल शर्मा, सरदार भीमबहादुर पाँडे, शिवकुमार श्रेष्ठ, भूपध्वोज थोमरोस लगायत स्वदेशी लेखकहरू र, एडिन भ्यान्सिटार्ट, चाल्र्स म्याक्डग्लस लगायत विदेशी लेखकहरूले पनि प्रशस्तै लेखेका छन् । भलै भाषा विज्ञानका प्राडा दानराज रेग्मी, प्राडा तारामणि राई लगायत प्राडाहरूलाई थाहा नहुनु ! अर्कै कुरो हो ।
चेतना भया !

प्रतिक्रिया