ई–स्पोर्ट्स् च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । नेपाल ई–स्पोटर््स् संघको आयोजनमा हुने दोस्रो नेपाल ई–स्पोर्ट्स् च्याम्पियनसिप तथा एक्सपोको सम्पूर्ण तयारी पूरा भएको छ ।  कार्तिक ८ र ९ गते भोटाहिटीमा आयोजना हुने ई स्पोर्ट्स्को सम्पूर्ण तरारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलनमा बताएको हो । कम्प्युटर र नेटको माध्यमले खेलिने खेलका नेपाल भरि रहेका खेलाडीहरूलाई एकै छातामुनि ल्याई खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले विगत वर्षदेखि च्यामिपयनसिप आयोजना गर्दै आएको संघका अध्यक्ष सुरोज डंगोलले जानकारी गराए ।

यसका साथै नेपाली खेलाडीहरूलाई एकै छातामुनि ल्याई प्रतिस्पर्धाका माध्यमबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उतार्ने उद्देश्य रहेको समेत डंगोलले बताए । नेपाल ई–स्पोर्ट्स् संघले आयोजना गर्ने च्याम्पियनसिपमा डोटा २, सिएसजिओ, पाटन कलेज फिफा, कोसप्ले, फ्रिफायर गरी पाँच विधामा प्रतिस्पर्धा गराईने छ ।

डोटा २ मा विजयी खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स् महासंघले कोरियामा डिसेम्बर ११ देखि १५ तारिखसम्म आयोजना गर्ने ई–स्पोर्टस् डोटा २ मा प्रतिस्पर्धा गर्ने छन् । डोटा २ टिममा ५ खेलाडीहरू रहने छन् । भृकुटीमण्डपमा कार्तिक ८ र ९ गते हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूको छनोट सम्पन्न भइसकेको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए ।

डोटामा १२ टिम र सिएसजिओमा ११ टिम, पाटन कलेज फिफामा २७ खेलाडी र फ्रिफायरमा ८० टिम गरी कुल ४३५ खेलाडीहरूले कम्प्युटर र इन्टरनेटका माध्यमबाट खेलिने खेलमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा डोटा २ मा प्रथम स्थान हात पार्ने टिमले नगद ५० हजारका साथै एक वर्षको इन्टरनेट र कोरियामा आयोजना हुने ११ औँ विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै दोस्रो र तेस्रो हुने टिमले २०÷२० हजार प्राप्त गर्ने छन् । सिएसजिओका विजयी टिमले नगद ५० हजारका साथै एक वर्षको इन्टरनेट तथा दोस्रो र तेस्रो हुनेले नगद २०÷२० हजार प्राप्त गर्नछन् । पाटन अन्तरकलेज फिफाका विजयी खेलाडीले नगद १० हजार तथा एक वर्षको इन्टरनेट र पाटन कलेजमा छात्रवृत्ति प्राप्त गर्ने छन् । दोस्रो र तेस्रो हुनेले नगद ४÷४ हजार प्राप्त गर्नेछन् ।

फ्रि–फायरमा पहिलोले नगद १५ हजार, दोस्रोले ६ हजार र तेस्रोले ४ हजार प्राप्त गर्नेछन् । कोसप्लेमा विजेताले २० हजारका साथै आइएफआईको पूर्ण छात्रवृित्त प्राप्त गर्ने र उच्च ८ ले १० हजार प्राप्त गर्ने आयोजकका अध्यक्ष डंगोलले बताए ।

प्रतिक्रिया