नेपाली फुटसल टोली इरान पुग्यो

इरान । एएफसी कप फुटसल च्याम्पियनसिपको छनोट खेल्ने नेपाली राष्ट्रिय फुटसल टोली इरान पुगेको छ । पूर्वराष्ट्रिय फुटबल खेलाडी विजय गुरुङको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलि नेपाली समय अनुसार सोमबार दिउँसो १ः३० बजे इरानको उर्मिया पुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान ९ः३० मा हिँडेको नेपाली टोली कतार एयरवेजमा कतार हुँदै इरानको इमाम खोमेइनी एयरपोर्ट राति १२ः४५ मा अवतरण भएको थियो ।

त्यसपछि ११ घण्टा बसको बाटो हुँदै उर्मिया पुगेको हो।प्रतियोगिताको दुई दिन अघि नै इरान आइपुगेको नेपाली टोलोले इरानमा सेन्ट्रल तथा दक्षिण एसियाली छनोटका खेल खेलाइने भेन्युमा दुई दिन प्रशिक्षण लिनेछ । एएफसीको नियम र इन्डोर खेल भएकाले टोलि दुई दिन अघि नै इरान आइपुगेको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिए ।

‘हामीले नेपालमा खुला मैदानमा प्रशिक्षण लिएका थियाँै । यहाँ इन्डोर खेल्नुपर्नेछ ।’ प्रशिक्षक गुरुङले भने,’ हामीले एक दिन यहाँ प्रतियोगिता सञ्चालन हुने भेन्युमा प्रशिक्षण लिने छौँ र जसले खेलाडीलाई इन्डोरको वातावरणसँग छिटो घुलमिल हुन सहज हुनेछ ।’

लामो समय नेपाली फुटबलको अनुभव बटुलेका र युवा खेलाडीसमेत टोलिमा रहेकाले नतिजामा सुधार आउनेमा विश्वस्त रहेको प्रशिक्षक गुरुङको भनाइ छ । समूह ‘ए’ मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तनसँग खेल्दै प्रतियोगिताको सरुवात गर्नेछ । दोस्रो खेल २४ तारिख उज्वेकिस्तान र तेस्रो खेल २५ तारिख अफ्गानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया