सुनचोरी गर्ने भारतीय नागरिक पक्राउ

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सुन पसल चोरी गर्ने एक जनालाई सार्वजनिक गरेको छ । आइतबार एक पत्रकार सम्मेलन गरी उक्त चोरलाई सार्वजनिक गरिएको हो ।

शनिबार राती साढे ११ बजेतिर सन्धिखर्क–१ को महालक्ष्मी गहना पसलमा चोरी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने भारत मुस्ताफुर पश्चिम बंगाल घर भई हाल सन्धिखर्क नगरपालिका–१ बस्दै आएका २९ वर्षीय श्रीमन्त्र मण्डल रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सन्धिखर्क–१ हललाइन गुन्टेखोला नजिक ताराबहादुर सुनारले सञ्चालन गरेको महालक्ष्मी गहना पसलमा शनिबार रातको समयमा पसी चोरी गरेको बिष्टले पत्रकार सम्मेलनमा जानकारी गराए । पक्राउ परेका मण्डलको साथबाट झन्डै ६ तोलाभन्दा बढी सुन बरामद गरिएको छ । जसको प्रचलित मूल्य ४ लाख ६४ हजार ८ सय १४ रुपैयाँ बराबरको रहेको छ ।

बिगत १२ वर्षदेखी सन्धिखर्कमा बस्दै आएका मण्डलले दाजुसँग भारतबाट आउँदा लिएको ऋण तिर्न नसक्दा चोरी गरेको स्वीकार गरेको प्रारम्भिक अनुसन्धान क्रममा खुल्न आएको छ । पक्राउ परेका मण्डललाई मलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २ सय ४३ मकबजनी चोरीअन्तर्गत बमोजिम कानुनी प्रक्रिया अगाडि बढाउने प्रनाउ विष्टले जानकारी दिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया