सेमिफाइनल समीकरण पूरा

काठमाडौं । पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको सेमीफाइनल समीकरण पूरा भएको छ । लिग चरणका दुई खेल बाँकी छँदै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । सेमिफाइनलमा आयोजक नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्स पुगेका छन् । चार टोलीमध्ये नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्सबीच सेमिफाइनल खेल हुने नेपाल नेटबल संघका महासचिव दिपक लामाले जानकारी दिए ।

अन्तिम चारमा स्थान बनाएका चार टोलीमध्ये श्रीलंका अपराजित रहेको छ भने भारत र माल्दिभ्सले एक÷एक खेलमा पराजय बेहोरेका छन् घरेलु टोली नेपालले भने एक खेलमा मात्र जित हात पारेको छ । प्रतियोगितामा सहभागी पाँच राष्ट्रमध्ये पाकिस्तानले अहिलेसम्म जित निकाल्न सकेको छैन ।

हरेक टोलीसँग फराकिलो हार बेहोरेका कारण पाकिस्तानको अन्तिम चारमा पुग्ने सम्भावना सकिएको महासचिव लामाले जानकारी दिए । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शनिबार भएको पहिलो खेलमा श्रीलंकाले पाकिस्तानलाई ६८–६ को फराकिलो अन्तरले पराजित ग¥यो । एकपक्षीय खेलमा श्रीलंकाकी हिरोनी हिसानीले १८ अंक जोडिन् । यस खेलमा श्रीलंकाकी रिसिनी प्लेयर अफ दी म्याच घोषित भइन् ।


अर्को खेलमा भारतले घरेलु टोली नेपाललाई ४२–१८ ले पराजित ग¥यो । १६ अंक जोडेकी भारतकी अन्सुले प्लेयर अफ दी म्याचको पुरस्कार पाइन् । अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ६०–१६ स्कोरले पराजित ग¥यो । श्रीलंकालाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेकी नेथमी विजनायके प्लेयर अफ दी म्याच बन्न सफल भइन् । उनले २४ अंक बटुलिन् । अर्को खेलमा भारतले पाकिस्तानलाई ५६–५ को फराकिलो अन्तरले पराजित ग¥यो ।

भारतलाई विजयी बनाउन अञ्जलीले २६ अंकको योगदान दिइन् । यस खेलमा भारतकी मानवी सोनी प्लेयर अफ दी म्याच बनिन् । नेपालमा पहिलो पटक आयोजना भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन् । च्याम्पियनसिपको फाइनल कार्तिक ५ गते सञ्चालन हुनेछ ।

प्रतिक्रिया