बस र ट्रक एक आपसमा ठोक्किदा १३ को मृत्यु

मिसुमु । केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा १३ यात्रीको मृत्यु भएको प्रहरीले शुत्र,बार बताएको छ । बिहीबार राति भएको दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो । किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा राति करिब ११ बजे दुर्घतना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उनले बताए । दुर्घटना हुँदा बसमा ५१ जना यात्रु रहेका थिए भने दुबै सवारीका चालकको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया