महात्मा गान्धीको अस्तु चोरी

बीबीसी । भारतको मध्य प्रदेशस्थित रिवामा रहेको महात्मा गान्धीको अस्तु चोरी भएको छ। महात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेका बेला दुई दिनअघि अस्तु चोरी भएको त्यहाँको राज्य प्रहरीले पुष्टि गरेको छ। सन् १९४८ मा गान्धीको अस्तुको केही भाग रिवास्थित बापू भवनमा राखिएको थियो। गान्धीको अस्तु चोरी भएको ठाउँमा उहाँको तस्बिरमाथि पनि दुव्र्यवहार भएको अधिकारीहरुले जनाएका छन्। तस्बिरमा केरमेट गरेको र देशद्रोही लेखेको पाइएको छ।

रिवास्थित बापू भवनको रेखदेख गरिरहेका मंगलदीपले घटना लज्जास्पद भएको बताएका छन्। उनले महात्मा गान्धीको जन्मजयन्ती भएकाले आफूले विहानै भवनको ढोका खोलेर छोडेको र पछि गान्धीको अस्तु हराएको तथा तस्बिरमा दुरव्यवहार भएको थाहा पाएको बताए।

गान्धीले भारतबाट व्रिटिश शासन अन्त्य गर्न अहिंसात्मक आन्दोलनमार्फत् नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो। तर भारतमा एक समूहले गान्धीलाई हिन्दु विरोधीका रुपमा प्रचार गर्दै आएको छ। उहाँको सन् १९४८ जनवरी ३० मा नाथुराम गोड्सेले हत्या गरेका थिए।

प्रतिक्रिया