इरानी महिलालाई फुटबल खेल हेर्न अनुमति

बिबिसी । विश्व फुटबलको प्रशासनिक निकाय फिफाले इरानमा महिलालाई फुटबल प्रतियोगिता हेर्न अनुमति पाउने जनाएको छ। आगामी महिनादेखि सुरु हुने विश्वकप छनोट खेलबाट त्यसको सुवात हुने जनाइएको छ।

फिफाका अध्यक्ष जानी इन्फान्टिनोले यसै महिनाको सुरुतिर एक महिला फुटबल प्रशंसकको मृत्यु भएपछि महिला सहभागिताबारे इरानी अधिकारीहरूसँग कुरा गरेको बताएका हुन्।

इरानी अधिकारीहरूले महिलालाई फुटबल प्रतियोगिता हेर्न अनुमति दिने कुरामा आफूलाई आश्वस्त पारेको अध्यक्ष इन्फान्टिनोले बताए।

इरानमा महिलाहरूलाई रंगशाला जान प्रतिबन्ध लगाइएको छ जहाँ पुरुषहरूले सन् १९७९ को इस्लामिक क्रान्तिपछि बल्ल फुटबल खेल्न थालेका हुन्।

पुरुषको भेषमा प्रतियोगिता हेर्न खोजेकी एक महिला प्रशंसक सहर खोदायारीलाई प्रहरीले पक्राउ गरेको थियो। ब्लू गर्ल नामले परिचित खोदायारीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै आफू जेल जान सक्ने डर थियो। उनको मन पर्ने टिमको रंग नीलो भएकोले खोदायारीलाई ब्लू गर्ल भन्ने गरिन्थ्यो।

प्रतिक्रिया