चालक र सहचालकलाई प्रशिक्षण

अर्घाखाँची । ‘सुरक्षित र आरामदायी यात्रा हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ देउराली यातायात अर्घाखाँचीले प्रालीले चालक सहचालक र गाडी मालिकहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम प्रालिको केन्द्रीय कार्यालय सन्धिखर्कमा सुरु गरेको छ ।

प्रशिक्षण तथा सम्मान कार्यक्रमको एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले उद्घाटन गर्दै यात्रुबाट भाडादरको विषयमा आएको गुनासोलाई सरोकारवालापक्षसँग आवश्यक छलफल गरी वैज्ञानिक भाडा निर्धारण गर्ने बताए । प्रजिअ पौडेलले देशको सुशासन र विकासको प्रमुख अंगको रूपमा रहेको यातायात र प्रशासनलाई ऐननिमय बमोजिम दुरुस्त पालना गर्न सबैलाई आग्रह गदै उनले भने, ‘गाडी चलाउँदा फोन प्रयोग नगर्नूस्, मीठो बोली राम्रो व्यवहार, असल संस्कारको विकास गर्नूस्, किनकी आपूm नसुध्रिकन अरूलाई सुधार्न सकिँदैन ।’

कार्यक्रममा प्रहरी नायवउपरीक्षक प्रकाश विष्ट, सन्धिखर्क नगरपालिकाका विभिन्न वडाध्यक्ष पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालले प्रशिक्षण सफलताको सुभकामना दिएका थिए । ०६१ सालमा देउराली यातायात संस्थाको रूपमा स्थापित भई बुटवल–काठमाडांै लगायतका विभिन्न ठाउँहरूमा सेवा गर्दै आएको यातायात अहिले सरकारले नयाँ नियम लागू गरेपश्चात ०७६ बाट देउराली यातायात प्रालिको रूपमा दर्ता भई सञ्चालन भएको प्रालिका अध्यक्ष योगेन्द्र खड्काले बताए ।

विभिन्न प्रकारका सानाठूला गाडीहरू महेन्द्र जिप १ सय १६, हाइस ३० र माइक्रो बस दुई गरी जम्मा १ सय ४८ वटा गाडी प्रालीले विभिन्न क्षेत्रमा सञ्चालन गर्दे आएको प्रालिका महासचिव प्रेम पाण्डेले जानकारी दिए । दुई दिनसम्म चल्ने प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र संस्थाका जिम्मेवार व्यक्तिहरूले विभिन्न विषयमा १ सय १० जनाभन्दा बढीको सहभागितामा प्रशिक्षण कार्यक्रम सुरु गरेको प्रालिका प्रवक्ता गोबिन्द बन्जाडेले बताए ।

उद्घाटन कार्यक्रम प्रालिका अध्यक्ष योगेन्द्र खड्काको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको प्रमुख आतिथ्यता, पूर्व सहअध्यक्ष भेषबहादुर बिसीको स्वागत मन्तव्य र महासचिव प्रेम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया