सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पोखरा महानगरपालिका २६ स्थित लक्ष्मी माविलाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की प्रदान गरेको छ ।

उक्त सहयोग बैकका बजार व्यवस्थापक शेखर बास्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरे । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया