१३औँ साग बक्सिङ छनोट: रोशनी र निशा सेमिफाइनलमा

काठमाडौं । रोशनी राई र निशा तामाङ १३ औँ दक्षिण एसियाली खेलकुद (साग) छनोटको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  आइतबार भएको महिला ५१ केजी तौल समूहमा प्रदेश ३ की राईले प्रदेश ७ की प्रकृति ऐरलाई अंकका आधारमा ५–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी छिन् । महिला ५४ केजीमा पुलिसकी तामाङले एपीएफकी सन्जुमाया थिङलाई हराउँदै अन्तिम चारमा पुगिन् । पुरुषको ४९ केजीमा आर्मीका शुसिल थापाले प्रदेश ७ का मोहन गुरुङ तथा एपीएफका प्रदिप महर्जनले पुलिसका दिपेश राईलाई समान अंकका आधारमा ५–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेका छन् ।

पुरुषतर्फ आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै सेमिफाइनल प्रवेश गर्नेमा ५२ केजीमा पुलिसका चन्द्रवहादुर थापाले एपीएफका विक्रम परियारलाई स्प्रिड डिसिजनका आधारमा ३–२ ले हराए । पुरुष ५६ केजीमा आर्मीका पुरन सुनुवारले प्रदेश ५ का नवीन धर्तीमगरलाई अंकका आधारमा ५–० ले हराए ।

त्यस्तै पुरुष ६० केजीमा आर्मीका विमल रोका, पुरुष ६९ केजीमा एपीएफका विकास लामा, प्रदेश ३ का मनिष डंगोल,पुरुष ७५ केजीमा प्रदेश ३ का भूमिलाल दिवस, ८१ केजीमा प्रदेश ६ का मनोहर बस्नेत सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रतिक्रिया